राजनीति

रास्वपा महाधिवेशनको पदाधिकारी उम्मेदवारी दर्ता, उपसभापतिमा स्वर्णिम वाग्ले सर्वसम्मत

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि पदाधिकारी पदमा उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेको छ। महिला उपसभापति पदका लागि भने दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी, महामन्त्री पदका लागि १० जनाले मनोनयन दर्ता गरेका छन्। सहमहामन्त्री (पुरुष) पदमा ११ जना र सहमहामन्त्री (महिला) पदमा पाँच जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन कार्यतालिकाअनुसार दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि पदाधिकारी पदका लागि मतदान हुनेछ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.