राजनीति

नयाँ नेतृत्व चयन गर्दै रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गरी आज सम्पन्न भएको छ । 

चितवनमा जारी महाधिवेशन अन्तर्गत आज महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि दोस्रो चरणमा मतदान भएको थियो ।

आज सम्पन्न मतदानमा महिला उपसभापतिमा सोबिता गौतम निर्वाचित हुनुभएको छ ।

यस्तै महामन्त्री पदमा विपिन आचार्य, खुल्ला तर्फको सहमहामन्त्री पदमा असिम शाह र हरि ढकाल तथा महिला तर्फको सहमहामन्त्री पदमा निशा डाँगी विजयी हुनुभएको छ ।

रास्वपाको सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

यसअघि हिजो केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पहिलो चरणमा केन्द्रीय सदस्यका निर्वाचन गर्ने र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ भने दुवै निर्वाचनमा सबै महाधिवेशन प्रतिनिधिहरू मतदाता रहने व्यवस्था छ ।

नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथग्रहण समेत आजै सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन यही असार ७ गते आइतबारदेखि चितवनमा चलेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्