नेपाल
प्रतिनिधि सभा बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित
काठमाडौँ। आज दिउसो १ बजे बस्ने गरी निर्धारित गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले आज सूचना जारी गर्नुहुँदै विशेष कारणले प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको जनाउनु भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक भोलि शनिबार बिहान ११ बजेका लागि तोकिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसद र मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको हो ।
यसअघि पनि हिजो असार ११ गतेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना जारी गरी आज बोलाइएको थियो ।