सिउटा घटना पछि युरोपेली संघद्वारा सीमा सुरक्षाका लागि ‘एकताबद्ध कदम’ चाल्न आह्वान
गत साता मोरक्कोबाट स्पेनको उत्तर अफ्रिकी भूभाग 'सेउटा'मा ६०,००० मानिसहरूको आगमनले आप्रवासनको विषयलाई लिएर युरोपेली संघ (ईयु) भित्र गम्भीर तनाव सिर्जना गरेको छ। स्पेनले युरोपेली संघका गृहमन्त्रीहरूको बैठक बोलाएको छ, जुन मंगलबार बस्ने कार्यक्रम छ।
दिनेश गिरी, बार्सिलोना । मोरक्कोसंग सिमा साझा भएको स्पेनको भूभाग ‘सेउटा’ मा गत हप्ता देखिएको अवैध आप्रवासनको अस्तव्यस्ततापछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले अवैध आप्रवासनको समस्या समाधान गर्न युरोपेली संघ (ईयु) को सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
यस संकटले युरोपका दक्षिणपन्थी राजनीतिज्ञहरूको आप्रवासी-विरोधी भावनालाई प्रोत्साहित गरेको छ भने स्पेन र केही युरोपेली संघका सदस्य राष्ट्रहरू विशेष गरी इटाली र स्पेन बीच कूटनीतिक तनाव पनि निम्त्याएको छ। रोमको आग्रहमा आगामी अगस्ट ३ तारिखका दिन युरोपेली संघका आन्तरिक मामिला मन्त्रीहरूको आपतकालीन भिडियो सम्मेलन आयोजना हुँदैछ।
गत साता मोरक्कोबाट स्पेनको उत्तर अफ्रिकी भूभाग ‘सेउटा’मा ६०,००० मानिसहरूको आगमनले आप्रवासनको विषयलाई लिएर युरोपेली संघ (ईयु) भित्र गम्भीर तनाव सिर्जना गरेको छ। स्पेनले युरोपेली संघका गृहमन्त्रीहरूको बैठक बोलाएको छ, जुन मंगलबार बस्ने कार्यक्रम छ।
गत बिहीबार र शुक्रबार उत्तर अफ्रिकास्थित स्पेनको भूभाग ‘सेउटा’मा मोरक्कोबाट आप्रवासीहरूको अभूतपूर्व आगमनले स्पेन र उसको आप्रवासन नीतिप्रति कडा आलोचना गर्ने युरोपेली साझेदारहरूबीच तनाव सिर्जना गरेको छ। इटाली र त्यसपछि डेनमार्कले तत्कालै स्पेनलाई ‘सेन्जेन क्षेत्र’बाट निलम्बन गर्न माग गरेका छन् ।
यो मागले म्याड्रिड र सरकार प्रमुख सान्चेजलाई आक्रोशित बनाएको छ र इटालीको आग्रहमा मंगलबार इयु आन्तरिक मन्त्रीहरूको भिडियो कन्फरेन्स बैठक बस्दैछ।
यस अघि सदस्य देशहरुको आग्रहमा इयुले आप्रवासन र शरण सम्बन्धी नयाँ सम्झौता मार्फत आप्रवासन कानूनलाई कठोर पार्दै लागेको छ जसले अन्य उपायहरूका साथै सदस्य राष्ट्रहरूलाई अस्वीकृत गरिएका शरणार्थीहरूलाई इयुको सिमाना बाहिर “फिर्ता केन्द्रहरू”मा पठाउन अनुमति प्रदान गरेको थियो ।