नेपाल

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी दुरुपयोग कसुरमा पक्राउ

काठमाडौँ । परराष्ट्र मन्त्रालय, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा, सिंहदरबार काठमाडौँमा सह–सचिव पदमा कार्यरत ५६ वर्षीय पुष्पराज भट्टराई पक्राउ परेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार राहदानी ऐन अन्तर्गतको कसुरमा भट्टराई पक्राउ परेका हुन् ।

काठमाडौँस्थित जर्मन राजदूतावासमा जर्मनी जाने भिषा प्रयोजनको लागि यात्रा अनुमति पत्रसाथ उपस्थित भएका व्यक्तिहरुको राष्ट्रियता उपर शङ्का लागी सोधपुछ पश्चात् जर्मन राजदूतावासको मिति २०६८ जेठ २० गतेको पत्रसाथ यात्रा अनुमति पत्र सक्कल थान–५ अनुसन्धान लागि राहदानी अन्तर्गतको कसुरमा अनुसन्धानको क्रममा उक्त यात्रा अनुमति पत्र जारी गर्नेपरराष्ट्र मन्त्रालयका सह–सचिव पदमा कार्यरत ५६ वर्षीय पुष्पराज भट्टराई पक्राउ परेका हुन् ।

तत्कालीन समयमा परराष्ट्र मन्त्रालय, कन्सुलर शाखामा शाखा अधिकृत पदमा कार्यरत भट्टराईमाथि उक्त कसुरको अनुसन्धान पश्चात् जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँबाट मिति २०८३ साउन ११ गते काठमाडौँ जिल्ला अदालतबाट अभियोग पत्र दायर भइ उल्लेखित कसुरमा प्रतिवादी कायम गरिएको थियो ।

प्रहरीका अनुसार उनलाई सोमबार पक्राउ गरी काठमाडौँ जिल्ला अदालत, बबरमहलमा पेस गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्