मनोरंजन

कन्जरभेटिभ लेखक रस डाउथ्याट सिबिएसको ‘६० मिनट्स’ संवाददाता नियुक्त

सिबिएस न्युजको '६० मिनट्स'मा रस डाउथ्याट व्हाइट हाउसको प्रतिनिधि जस्तैगरी उग्र दक्षिणपन्थी रूढिवादी आवाज सहित उपस्थित हुने अनुमान गरिन्छ।

लस एन्जलस । रूढिवादी लेखक रस डाउथ्याट सिबिएस टेलिभिजनको ‘६० मिनट्स’ कार्यक्रमको पूर्णकालीन संवाददाताका रूपमा नियुक्त भएका छन् ।

यस अघि सेसिलिया भेगाले सिबिएस टेलिभिजनको ‘६० मिनट्स’ कार्यक्रमको पूर्णकालीन संवाददाताका रूपमा कामगर्दै आएकी थिइन् ।

रस डाउथ्याटलाई नियुक्त गर्नु अघि सेसिलिया भेगालाई ‘६० मिनट्स’बाट बिना स्पष्टीकरण हटाइएको विषयमा सार्वजनिक रूपमा चर्चा भएको थियो ।

सिबिएस न्युजको नेतृत्वले विचार नमिल्ने यस अघिका लोकप्रिय प्रस्तोता र संवाददाताहरुलाई बर्खास्तगि पछिको रस डाउथ्याटको नियुक्ति पहिलो हो ।

रस डाउथ्याटको नियुक्तिबारे मंगलबार औपचारिक घोषणा गरिएको थियो।

सीबीएस न्युजकी प्रधान सम्पादक बारी वाइसद्वारा स्कट पेली, श्यारिन अल्फोन्सी, सेसिलिया भेगा र कार्यकारी निर्माता तान्या साइमन जस्ता अनुभवी व्यक्तिहरूलाई पदमुक्त गरिएको थियो ।

स्रोतका अनुसार एन्डरसन कूपरले ‘योगदानकर्ता संवाददाता’ का रूपमा निरन्तरता दिने बारी वाइसद्वाराको प्रस्ताव अस्वीकार गरेका छन् ।

रस डाउथ्याटले ‘द न्युयोर्क टाइम्स’को विचार खण्डका लागि धर्म र राजनीतिबारे चर्चा गर्ने ‘इन्ट्रेस्टिङ टाइम्स’ नामक भिडियो पोडकास्ट सञ्चालन गर्दै आएका थिए ।

सिबिएस न्युजको ‘६० मिनट्स’मा रस डाउथ्याट व्हाइट हाउसको प्रतिनिधि जस्तैगरी उग्र दक्षिणपन्थी रूढिवादी आवाज सहित उपस्थित हुने अनुमान गरिन्छ।

सिबिएस न्युजको “६० मिनट्स”का लागि कार्यकारी निर्माताका रूपमा नियुक्त गरिएकी वाइसले कार्यक्रममा तीनजना योगदानकर्ताहरूलाई पनि आफ्नो समुहमा नियुक्त गरेकी छिन्।

यस अघि बर्खास्तगीको प्रतिक्रियामा पेलीले वाइसमाथि कार्यक्रमको “हत्या” गरेको आरोप लगाउदै राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको पक्षमा अनुकूल समाचार सम्प्रेषण गराउन “प्रभाव पार्ने काम” गरेको आरोप लगाएकी थिइन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्