फ्लोरिडाको पाम बिच काउन्टीमा आइसको धरपकडमा ३०९ जना आप्रवासी पक्राउ
गत हप्ता, सेन्ट अगस्टिनमा इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट, (आइस) को कारबाहीका क्रममा एक व्यक्तिको मृत्यु भएपछि 'फ्लोरिडा इमिग्रेन्ट कोएलिसन' ले घटनाको पारदर्शिताको माग गरेको छ । यस घटनापछि संघीय अधिकारीहरूले आफ्ना आप्रवासनसम्बन्धी कानुन कार्यान्वयनका तरिकाहरूको समीक्षा गर्ने बताएका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले आइसले स्थानीय स्तरमा सवारी साधन रोकेर गरिने जाँचलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
फ्लोरिडा । फ्लोरिडाको पाम बिच काउन्टीमा आप्रवासनसम्बन्धी कानुन कार्यान्वयनका लागि सञ्चालित पाँचदिने धरपकडमा ३०९ जना कागजात बिहिन आप्रवासी पक्राउ परेका छन्।
आइस र यूएस बोर्डर पेट्रोलले संयुक्त रुपमा संचालन गरेको धरपकडमा ३०९ जना कागजात बिहिन आप्रवासी पक्राउ परेका हुन ।
“विभिन्न निकायहरू मिलेर काम गर्दा कानुन कार्यान्वयन कति प्रभावकारी हुन सक्छ भन्ने कुरा यो अभियानले देखाउँछ,” एफडीएलईका आयुक्त मार्क ग्लासले भने। “सूचनाको आदान-प्रदान, स्पष्ट सञ्चार र सामूहिक प्रयासले फ्लोरिडाका जनताका लागि सुरक्षित तथा भरपर्दो नतिजा दिन्छ।”
फ्लोरिडा राज्यको आप्रवासन कानुन कार्यान्वयन बोर्डका अनुसार, पक्राउ परेकामध्ये धेरैजसोको आपराधिक पृष्ठभूमि थियो; उनीहरूमाथि मादक पदार्थ सेवन गरी सवारी चलाउने, लागुऔषध ओसारपसार, घरेलु हिंसा र ठगीजस्ता अपराधका आरोपहरू थिए।
अधिकारीहरूले बताएअनुसार अन्य व्यक्तिहरूलाई यसअघि नै देश निकाला गरिएको थियो र उनीहरूमाथि गैरकानुनी रूपमा संयुक्त राज्य अमेरिकामा पुनः प्रवेश गरेको आरोप लगाइएको थियो।
फ्लोरिडा राज्यको आप्रवासन कार्यान्वयन बोर्डका अनुसार, १ अगस्ट २०२५ यता अधिकारीहरूले १४,००० भन्दा बढी कागजात बिहिन आप्रवासीहरु पक्राउ परेका छन्। जसका कारण आइसको आप्रवासनसम्बन्धी धरपकडले पाम बिच काउन्टीमा अनेकौं विरोध प्रदर्शनहरू निम्त्याएको छ।
गत हप्ता, सेन्ट अगस्टिनमा इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट, (आइस) को कारबाहीका क्रममा एक व्यक्तिको मृत्यु भएपछि ‘फ्लोरिडा इमिग्रेन्ट कोएलिसन’ ले घटनाको पारदर्शिताको माग गरेको छ । यस घटनापछि संघीय अधिकारीहरूले आफ्ना आप्रवासनसम्बन्धी कानुन कार्यान्वयनका तरिकाहरूको समीक्षा गर्ने बताएका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले आइसले स्थानीय स्तरमा सवारी साधन रोकेर गरिने जाँचलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
जुलाई १० मा, आइसले ‘फ्लोरिडा हाइवे पेट्रोल’ सँगको सहकार्यमा लेक वर्थ बिचस्थित ‘एल क्वेट्जल बेकरी’ का मालिक तथा ग्वाटेमालाका नागरिक ज्याकोबो जापेता क्यास्ट्रोलाई पक्राउ गरेको थियो । आइस अधिकारीले बताएअनुसार जापेता क्यास्ट्रो संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा बसोबास गरिरहेका थिएनन्, उनको लामो आपराधिक पृष्ठभूमि थियो र उनीविरुद्ध देश निकालाको अन्तिम आदेश जारी भइसकेको थियो।