खेलकुद

फाइनलपछि भएको घटनाबारे अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान सुरु : फिफा

न्यु जर्सी । फिफाले विश्वकप फाइनलपछि भएको घटनाबारे अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान सुरु गरेको पुष्टि गरेको छ ।

फिफाको अनुशासन समितिले फाइनल खेल समाप्त भएपछि भएको घटनाको छानबिन गर्न अनुशासन तथा नैतिकता सम्बन्धी अभियोजक नियुक्त गरेको जनाएको छ ।

घटनामा संलग्न खेलाडी वा प्रशिक्षक दोषी ठहरिएमा उनीहरूलाई निलम्बनसम्मको कारबाही हुन सक्नेछ भने अर्जेन्टिना फुटबल सङ्घलाई आर्थिक जरिवाना पनि हुन सक्ने सम्भावना रहेको छ ।

न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार सम्पन्न फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका केही खेलाडी तथा प्रशिक्षक टोलीका सदस्यहरू स्पेनका खेलाडीहरूले विश्वकप जितको उत्सव मनाइरहेका बेला उनीहरूसँग विवादमा उत्रिएका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्