खेलकुद

स्पेन फिफा पुरुष विश्व वरीयताको शीर्ष स्थानमा

जेनेभा । विश्वकप विजेता स्पेन फिफा पुरुष विश्व वरीयताको शीर्ष स्थानमा फर्किएको छ । सन् २०२६ को विश्वकपको उपाधि जितेपछि स्पेनले अर्जेन्टिनालाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

विश्वकपको फाइनलमा स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रोपटक विश्वकपको उपाधि जितेको थियो । स्पेनले यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप जितेको थियो ।

४८ टोली सहभागी विश्वकपमा कीर्तिमानी १ सय ४ खेल भएका थिए । प्रतियोगितापछि सार्वजनिक गरिएको नयाँ वरीयतामा स्पेन १ हजार ९ सय ९५.८८ अङ्कसहित शीर्ष स्थानमा छ । अर्जेन्टिना १ हजार ९ सय ७०.३७ अङ्कसहित दोस्रो स्थानमा छ ।

फ्रान्स तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा यथावत् छन् । ब्राजिल पाँचौँ, मोरक्को छैटौँ, पोर्चुगल सातौँ, बेल्जियम आठौँ, नेदरल्यान्ड्स नवौँ र आयोजक मेक्सिको दशौँ स्थानमा छन् ।

विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको नर्वे नयाँ वरीयतामा सबैभन्दा धेरै स्थान सुधार गर्ने टोली बनेको छ । नर्वे १२ स्थान माथि उक्लिँदै १९औँ स्थानमा पुगेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्