सेल्फी खिच्दै चोरी गरेको अभियोगमा डेनियल र डेनिस हेवर्ड प्रहरीद्वारा पक्राउ
चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका लेमास २५,००० डलर धरौटी बुझाएर हिरासतबाट रिहा भएका छन् भने टाइलिज अझै जेलमै छन्।
लस एन्जलस । क्यान्यनस्थित व्यावसायिक प्रतिष्ठानमा चोरी गरेको अभोयोगमा डेनियल लेमास र डेनिस टिलिजलाई हेवर्ड प्रहरीले सप्रमाण पक्राउ गरेको छ ।
लेमास र टिलिज झन्डै १ लाख डलरभन्दा बढी मूल्यको तामाको तार र सवारी साधनहरू चोरी गरेको आरोपमा पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरुले उनीहरूले चोरी गर्दा आफ्नै सेल्फी तस्बिर समेत खिचेका थिए।
स्थानिय क्यान्यन प्रहरीका अनुसार, यो चोरीको घटना गत जुलाई ६ मा क्यान्यनस्थित एउटा व्यावसायिक प्रतिष्ठानमा भएको थियो। ग्रीन आइल्यान्ड रोड’ को ११०० ब्लकमा चोरी भएको खबर प्राप्त भएपछि लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले तत्कालै चोरीसँग सम्बन्धित दुई सवारी साधनहरू पहिचान गरेको थियो ।
भोलिपल्ट, अलामेडा काउन्टी शेरिफको कार्यालयले एउटा सवारी साधन रोक्यो र चालकलाई पक्राउ गर्यो, जसको पहिचान हेवर्डका ५३ वर्षीय डेनियल लेमासको रूपमा गरिएको थियो।
प्रहरीले अनुसन्धानको क्रममा बरामद गरिएका प्रमाणहरूमा लेमासले चोरी गरेको आरोपमा खिचेको सेल्फी तस्बिरहरू समेत समावेश रहेको छ।
हेवर्ड प्रहरी विभागले उक्त चोरीको घटनासँग सम्बन्धित त्यसका चालक ४९ वर्षीय डेनिस टाइलिज र उनको सवारी साधलाई नियन्त्रणमा लिएको छ।
घटनास्थलमा पुगेपछि अमेरिकन क्यान्यन प्रहरीले टाइलिजलाई पक्राउ गर्यो र उनलाई गम्भीर अपराध अन्तर्गत नापा काउन्टी सुधार विभागमा दर्ता गरियो।
प्रहरीले हेवर्डको आर्डेन रोडस्थित ३२०० ब्लकको एउटा घरमा खानतलासी पछि उनीहरूले चोरी गरेका सामानहरू फेला परेको थियो।
चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका लेमास २५,००० डलर धरौटी बुझाएर हिरासतबाट रिहा भएका छन् भने टाइलिज अझै जेलमै छन्।
यस अघि चोरीको आरोपमा पक्राउ परेका लेमासलाई गम्भीर अपराधका अभियोगहरूमा नापा काउन्टी सुधार विभागमा राखिएको थियो।