डिएचएसद्वारा टिपीएस बाहकहरूको काम गर्ने अनुमतिपत्र दुई साताका लागि थपियो
'डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी'द्वारा दुई हप्ताका लागि काम गर्ने अनुमति थपिएकाहरुमा इथियोपिया: १७ जुलाई, २०२६ सम्म, सोमालिया: १७ जुलाई, २०२६ सम्म, हाइटी: २४ जुलाई, २०२६ सम्म र बर्मा: १७ जुलाई, २०२६ सम्म रहेको छ ।
लस एन्जलस । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी को पछिल्लो नीतिगत परिवर्तनका कारण अमेरिकामा कानुनी रूपमा काम गर्दै आएका टिपीएस बाहक हजारौं आप्रवासीहरूले अब लामो समया काम गर्न अनुमति नपाउने भएका छन्।
डिएचएसको यो निर्णय सर्वोच्च अदालतले हाइटी र सिरियाजस्ता देशका नागरिकहरूका लागि ‘अस्थायी संरक्षित दर्जा’ (टिपीएस) कार्यक्रम खारेज गर्ने अधिकार ट्रम्प प्रशासनसँग रहेको फैसला गरेपछि आएको हो।
यद्यपि शुक्रबार, ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले ‘अस्थायी संरक्षित दर्जा’ को मान्यता गुमाएका सबै ७ देशका नागरिकहरूको लागि काम गर्ने अनुमति थप एक वा दुई हप्ताका लागि लम्ब्याउने घोषणा गरेको छ।
‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’द्वारा दुई हप्ताका लागि काम गर्ने अनुमति थपिएकाहरुमा इथियोपिया: १७ जुलाई, २०२६ सम्म, सोमालिया: १७ जुलाई, २०२६ सम्म, हाइटी: २४ जुलाई, २०२६ सम्म र बर्मा: १७ जुलाई, २०२६ सम्म रहेको छ।
यसैगरी डिएचएसद्वारा काम गर्ने अनुमति थपिएकाहरुमा देशहरुमा सिरिया: १७ जुलाई, २०२६ सम्म, यमन: १७ जुलाई, २०२६ सम्म दक्षिण सुडान: १७ जुलाई, २०२६ सम्म रहेको छ ।
‘अस्थायी संरक्षित दर्जा’ ले प्राकृतिक प्रकोप वा आफ्ना देशहरूमा भइरहेको हिंसाबाट भागेर आएका मानिसहरूलाई अमेरिकामा कानुनी रूपमा बस्न र काम गर्न अनुमति दिन्थ्यो।
उनीहरूको काम गर्ने अनुमतिपत्रको म्याद सकिन लागेको अवस्थामा डेमोक्र्याट राजनीतिज्ञहरूले यसप्रति चिन्ता व्यक्त गरेका छन्।
उनीहरुले टिपीएस बाहकहरूलाई देश निकाला गर्ने ट्रंप प्रशासनको नीति अमेरिकाको लागि गलत हुने दावी गरेका छन्।