नेपाल

निजामती कर्मचारी अस्पतालका फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वर काठमाडौँको फार्मेसी युनिट ईन्जार्च तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४ हजार रुपियाँभन्दा बढीको भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

आयोगले अस्पतालका फार्मेसी अधिकृत ढुङ्गानासहित फार्मेसी सहायक लबेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दिपक सापकोटा, स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायक द्वय विनोद पोखरेल, शर्मिला श्रेष्ठ, फार्मेसी सहायक द्वय केशव राज न्यौपाने र सन्दिप तिवारीविरुद्ध मुद्धा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले उनीहरूमाथि अस्पतालको फार्मेसीमा रहेका म्याद सकिएका तथा म्याद सकिन लागेका औषधीहरू आपूर्तिकर्ता फर्म र अस्पतालबिच भएको सम्झौताका सर्तबमोजिम फिर्ता गर्नुपर्नेमा सो नगरी, नगराई सार्वजनिक सम्पत्ति हिनामिना गरी हानिनोक्सानी पुर्याएको आरोपमा भ्रष्टाचार निवारण ऐन, बमोजिमको कसुरमा बिगो रकम दुई करोड ९१ लाख ३४ हजार ५४७ रुपियाँ कायम गरी कैद र जरिवाना हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्