राजनीति

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

काठमाडौँ । काठमाडौँ । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले गेटा अस्पताल कैलाली लाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ ।

यसैगरी, बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौँका सुरज शाक्यलाई नियुक्त गर्ने, विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३ र शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको शिक्षामन्त्री पोखरेलले जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्