डायस्पोरा

काठमाडौँ । प्रधानमन्त्रीका सल्लाहकार आसिम शाहले वंशजका आधारमा प्राप्त नागरिकताको निरन्तरता सुनिश्चित गर्न सरकारले छिट्टै ‘क्रान्तिकारी निर्णय’ लिने संकेत गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘प्रवासी नेपाली सम्पर्क विभाग’ को पहलमा मंगलबार आयोजित एक छलफल कार्यक्रममा बोल्दै शाहले प्रवासी नेपालीहरूका लामो समयदेखिका मागहरू सम्बोधन गर्ने विषयमा सरकार सकारात्मक रहेको स्पष्ट पारे। विभागको बेलायत शाखाका अध्यक्ष पवन शर्माले यससम्बन्धी जानकारी दिएका हुन्।

छलफलमा सहभागी टोलीले विदेशी नागरिकता वा राहदानी लिएका पहिलो पुस्ताका नेपालीहरूका लागि वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्नुपर्ने विषयमा स्पष्ट अडान र ठोस सुझावहरू प्रस्तुत गर्‍यो। शर्माका अनुसार, संविधान संशोधनका लागि पेस गरिएको प्रस्तावमा यस प्रावधानलाई समावेश गर्ने विषयमा पनि जोड दिइएको थियो।

सल्लाहकार शाहले वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै यस विषयमा ‘क्रान्तिकारी निर्णय’ आउने कुरामा विश्वस्त पारे। शर्माले संविधान संशोधनमार्फत यो समस्या समाधान हुनेमा आशावादी रहेको बताए।

गैरआवासीय नेपालीहरूको विश्वास छ कि यस व्यवस्थाको कार्यान्वयनले विदेशमा बसोबास गर्ने लाखौं नेपालीहरूको लामो समयदेखिको चाहना पूरा गर्नुका साथै नेपालमा लगानी, ज्ञान, सीप र अनुभवको प्रवाहलाई तीव्रता दिनेछ र यसरी आर्थिक विकासका लागि नयाँ सम्भावनाहरूको ढोका खोल्नेछ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्