अर्थ

काठमाडौँ। मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा तीव्र गिरावट आएको छ । अघिल्लो दिन साेमबार प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन ४ हजार ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घट्दै ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्