अर्थ

करदाता प्रोत्साहन उपहार कार्यक्रम: साउन दोस्रो पाक्षिकका विजेता घोषणा

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिकका विजेता नम्बर घोषणा गरेको छ । 

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिमा उपहार विजेता कुपनको घोषणा गरिएको हो । विभागका अनुसार साउन दोस्रो पाक्षिकमा रु १० लाखको बम्पर उपहार ०२६८८८९७९०३९ नम्बरको कुपन भएका उपभोक्ताले प्राप्त गर्नुभएको छ । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट रु ३५० को सामान खरिद गरेका उपभोक्ताले उक्त बम्पर उपहार जितेको विभागले जनाएको छ ।

त्यसैगरी साउन १६ देखि ३१ गतेसम्मका १६ विजेताले जनही रु एक लाख ३३ हजार ३३४ प्राप्त गरेका छन् । जसमा ०३०३४२२७९९५६, ०१९२५६५१०९२५, ०२६१४४५१५००५, ०३१७९९९३५०८२, ०१७७६६१०७००५, ०१८१२८७५९४०९, ०२४६७३१७१९०४, ०२११८४०००६५३, ०२३८५६८८५३७०, ०२५३५७३३१९८१, ०२२४५८०९६६६८, ०१६६६७२९०१४६, ०२००३७२८३७४७, ०२९१८४६२२६६५, ०२७७११४८७१४५ र ०२८६५७७७५४५९ कुपन नम्बर भएका उपभोक्ताले उक्त रकम जितेको विभागले जनाएको छ ।

गत साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै तीन लाख ५७ हजार १४९ नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका थिए । यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या सात हजार ७७ मात्रै थियो ।

क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या दुई करोड ५६ लाख आठ  हजार ९४ बाट बढेर तीन करोड २० लाख ८६ हजार ३८० पुगेको छ । विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कूल कारोबार सङ्ख्या तीन करोड २४ लाख ४३ हजार २२९ पुगेको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्