नेपाल

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी, साइबर अपराध, र आर्थिक शोषणलाई अन्त्य गर्न युवा श्रम तथा रोजगार मन्त्रालयले एक विशेष राष्ट्रिय अभियानको घोषणा गरेको छ । 

मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको उक्त कार्यक्रममा ‘ Operation Illegal Agent Cleanup towards Safer Migration ’ (अवैध एजेन्ट विरुद्ध अभियान: सुरक्षित वैदेशिक रोजगारीका लागि) नामक विशेष डिजिटल प्लेटफर्म नामक (वेबसाइट र मोबाइल एप) सार्वजनिक गरेको हो ।

कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले गैरकानुनी एजेन्टविहीन  बनाउन यो अभियान सुरु गरिएको बताउनुभयो । उहाँले धेरैजसो उजुरी गैरकानुनी एजेन्टसँग सम्बन्धित रहेको र एजेन्टहरूको कानुनी अस्तित्व नभएकाले यसलाई रोक्न सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री यादवले यदि एउटै व्यक्ति वा समूह विरुद्ध धेरै उजुरी आएमा त्यसैलाई मुख्य प्रमाण मानी कानुनी कारबाही अघि बढाइने जानकारी दिनुहुँदै यो प्रणाली डाटामा आधारित सुशासनको सुरुवात भएको बताउनुभयो । उहाँका अनुसार वि.सं. २०५६ सालदेखिका पुराना उजुरीहरूलाई तीव्र रूपमा फर्स्यौट गर्ने काम पनि अगाडि बढाइएको छ ।

मन्त्रालयले स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरणका लागि फेम्स (FEMIS) प्रणालीमार्फत ७५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रका कर्मचारीहरूलाई युजर आइडी दिने व्यवस्था गरेको छ । हालसम्म ३९० पालिकाका लागि युजर आइडी बनिसकेको र बाँकीमा काम तीव्र गतिमा भइरहेको जानकारी गराएको छ ।  प्रणालीमार्फत ७५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रका कर्मचारीहरूलाई युजर आइडी दिने व्यवस्था गरेको छ । हालसम्म ३९० पालिकाका लागि युजर आइडी बनिसकेको र बाँकीमा काम तीव्र गतिमा भइरहेको जानकारी गराएको छ ।

त्यस्तै आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख एवं सह–सचिव हेमराज तामाङले सरकारको उच्च प्राथमिकता शासकीय सुधार र सुशासन नै रहेको स्पष्ट पार्नुभयो । १६औँ योजना र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्व सन्ध्यामा मन्त्रालयले तथ्याङ्कमा आधारित कार्य प्रणाली (एभिडेन्स बेस्ड) अघि बढाएको उहाँले बताउनुभयो ।

साथै, जनताको गुनासोलाई नजिकबाट सुन्न र तत्काल सम्बोधन गर्न मन्त्रालयले उप–सचिवको संयोजकत्वमा ‘गुनासो व्यवस्थापन केन्द्र’ समेत स्थापना गरिसकेको जानकारी सहसचिव तामाङले दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्