नेपाल

जनकपुर । “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” मूल नारा राष्ट्रिय धान दिवस मधेश प्रदेशका जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा जनकपुरधामको वडा नंं १४ मुजेलीयामा रहेको आफ्नै बटैया अर्थात् अधियाको खेतमा उपसभामुख रुवी कुमारी ठाकुर पनि किसानहरूसँग रोपाइँमा सहभागी हुनुभयो ।

त्यस अवसरमा उहाँले खाद्य सुरक्षा तथा खाद्य उत्पादनमा किसानको ठूलो भूमिका भए पनि समयमा रासायनिक मल, उन्नत बीउ, पर्याप्त सिँचाइ, उचित बजार एवं मूल्य नपाउनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले कृषि क्षेत्रको आधुनिकीकरण तथा किसानहरूको जीवन स्तर माथि उकास्ने गरि कार्यक्रम तथा नीति निर्माणका लागि आफूले निरन्तर रुपमा आवाज उठाइरहने पनि बताउनुभयो ।

यसैगरि धनुषाको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ बनिनियमा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइएको छ । त्यहाँ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो ।

जनकपुरधाम उपमहानगरपालिकाले पनि राष्ट्रिय धान दिवस मनाएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहको अगुवाइमा जनकपुरधाममा धान रोपाइ गरिएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्