एक्सक्लुसीभ

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले  हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ । 

सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङमाथि १९ रनको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो । वर्षाले प्रभावित बनेको खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस पद्धतिमा १९ रनले हराएको हो ।

हङकङले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ११ दशमलव ३ ओभरमा २ विकेट गुमाएर ११४ रनको योगफल बनाएको थियो । त्यसपछि वर्षा भएपछि नेपाल र हङकङबीचको खेल रोकिएको थियो । वर्षाका कारण खेल पुन सुरु हुन नसकेपछि नेपालले डकवर्थ लुइस पद्धतिमा नेपालले प्रतियोगिताको उपाधिमाथि जित हासिल गरेको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्