मनोरंजन

गायिका जोशी र सङ्गीतकार नेपालीको सहकार्यमा ‘नेपालकी छोरी’ सार्वजनिक

काठमाडौँ । विगत दुई दशकदेखि शास्त्रीय सङ्गीतमा साधनारत गायिका तेजवती जोशीको स्वर रहेको ‘नेपालकी छोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

कुमार मिश्रको शब्द र टेकेन्द्र नेपालीको सङ्गीत रहेको सो गीतको भिडियोमा अभिनेत्री गीता ढुङ्गानाको अभिनय देख्न सकिन्छ । भिडियोमा देशप्रेम, अग्रजप्रति आदर र अनुजप्रति स्नेहभाव समेटिएको छ भने सकारात्मक सोच भर्ने प्रयास गरिएको छ ।

गीतका माध्यमबाट गीतकार र गायिकाले नेपाली छोरीको स्वाभिमान र पहिचानलाई प्रस्तुत गरेका छन् । योगेन्द्र राजकर्णीकारको निर्माण, रिदम कँडेलको सङ्गीत संयोजन, साजन शाहको ध्वनि मिश्रण रहेको गीतको भिडियो निर्देशन जिबी आग्रीले गर्नुभएको हो ।

थम्मन टाडीको नृत्य निर्देशन रहेको भिडियोको छायाङ्कन उत्सव दाहाल तथा सम्पादन सिलन लम्सालले गर्नुभएको हो । भिडियो ओएसआर डिजिटलमार्फत बजारमा आएको हो । गायिका तेजवती र सङ्गीतकार टेकेन्द्रले यसअघि ‘चुम्बक’ र ‘हजार जुनी’सहित चारवटा गीतमा सहकार्य गरिसक्नुभएको छ । गायिका जोशीले यसअघि नेपाली र नेवारी भाषाका थुप्रै गीत बजारमा ल्याइसक्नुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्