मनोरंजन

समीक्षा अधिकारीको स्वरमा ‘बिर्सिदेऊ भन्छौ’ सार्वजनिक

काठमाडौँ I नेपालका लोकप्रिय सङ्गीतकार तथा गायक राजनराज शिवाकोटीको आधिकारिक युट्युब च्यानलबाट नयाँ गीत ‘बिर्सिदेऊ भन्छौ (फिमेल भर्सन)’ सार्वजनिक गरिएको छ।

मर्मस्पर्शी र सुमधुर शैलीको यस गीतमा पछिल्लो पुस्ताकी चर्चित र प्रखर गायिका समीक्षा अधिकारीको स्वर रहेको छ।

नेपाली सुगम सङ्गीत र डान्सिङ नम्बरहरूमा एकपछि अर्को हिट गीत दिँदै आउनुभएका राजनराज शिवाकोटीले यसपटक श्रोताहरूका लागि बिल्कुलै फरक र भावनाले भरिएको गीत बजारमा ल्याएका हुन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.