मनोरंजन

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्वाचित

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्बिरोध निर्वाचित भएका छन् । महोत्तरीको बर्दिबासमा जारी महाधिवेशनमा उनी निर्विरोध निर्वाचित भएका हुन् ।

बिहीबारबाट सुरु भएको प्रतिष्ठानको नवौं महाधिवेशनमा अध्यक्ष पदका लागि शर्माको मात्र उम्मेदवारी परेको थियो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षको सांगठनिककतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध भएका छन् । महासचिवमा शिव हमाल निर्विरोध निर्वाचित भए ।

उपाध्यक्षका लागि खेम सेच्चुरी, देवी घर्ती, खुमन अधिकारी, पूर्णकला बिसी, श्रीकृष्ण बम मल्ल, दिपक गरौजा मगर, घनश्याम रिजाल, नबिन पौडेल, पुस्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बम मल्लले उम्मेदवारी दिएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्