क्यालिफोर्निया

क्याल भिसिबीले क्यालिफोर्नियाभरि यौन दुर्व्यवहार पीडितहरूलाई आर्थिक सहयोग प्राप्त गर्न मद्धत गर्दछ

सेक्रामेन्टो । अप्रिल यौन दुर्व्यवहार जागरूकता महिना हो। प्रत्येक वर्ष क्यालिफोर्निया पीडित क्षतिपूर्ति बोर्ड (क्याल भिसिबी) ले क्यालिफोर्नियाभरि यौन दुर्व्यवहार पीडितहरूलाई उनीहरूको उपचार र पुनर्लाभको लागि आर्थिक सहयोग प्राप्त गर्न मद्धत गर्दछ।

योग्य पीडितहरूले अपराध-सम्बन्धित खर्चको लागि $७०,००० सम्म क्षतिपूर्ति पाउन सक्छन्। लाभहरूमा मानसिक स्वास्थ्य परामर्श, चिकित्सा र दन्त हेरचाह, आय हानि, स्थानान्तरण, र आवासीय सुरक्षाको लागि प्रतिपूर्ति समावेश हुन सक्छ। क्याल भिसिबीले बीमा जस्ता अन्य स्रोतहरू पहिले प्रयोग गरिसकेपछि आर्थिक सहयोग प्रदान गर्दछ।

“यौन दुर्व्यवहार पीडितहरूले प्रायः दीर्घकालीन भावनात्मक र आर्थिक चुनौतीहरूको सामना गर्छन्,” कार्यकारी अधिकृत लिन्डा ग्लेडहिलले भनिन्। “क्याल भिसिबी उनीहरूलाई आफ्नो जीवन निको हुन र पुनर्निर्माण गर्न आवश्यक पर्ने मानसिक स्वास्थ्य हेरचाह र अन्य सहयोग प्राप्त गर्न मद्धत गर्न पिडितहरुको साथमा छ।”

यौन दुर्व्यवहारका पीडितहरूलाई क्षतिपूर्तिको लागि आवेदन दिन प्रहरी रिपोर्टको आवश्यकता पर्दैन। क्याल भिसिबीले चिकित्सा रेकर्ड, मानसिक स्वास्थ्य रेकर्ड, यौन दुर्व्यवहार परीक्षा कागजात, वा यौन दुर्व्यवहार सल्लाहकार वा चिकित्सकको पत्र पनि स्वीकार गर्न सक्छ।

योग्य हुनको लागि, पीडितहरू क्यालिफोर्नियाका बासिन्दाहरू, क्यालिफोर्नियामा पीडित भएका आगन्तुकहरू, वा राज्यमा तैनाथ सैन्य सदस्यहरू र उनीहरूका परिवारका सदस्यहरू हुनुपर्छ।

पीडितहरूले क्षतिपूर्तिको लागि आवेदन दिन सात वर्षसम्मको समय पाउँछन्। २१ वर्ष वा सोभन्दा कम उमेरका पीडितहरूले आफ्नो २८ औं जन्मदिनसम्म आवेदन दिन सक्छन्।

क्यालिफोर्नियामा अपराध दरमा सुधार भइरहेको र धेरै क्षेत्रहरूमा ऐतिहासिक न्यूनतम स्तरमा रहेको भए तापनि, यसले प्रभावित सबै मानिसहरू र समुदायहरूमा दीर्घकालीन प्रभाव पार्छ। पीडितहरूका लागि, क्याल भिसिबीसँग १८ भाषाहरूमा आवेदनहरू छन्। अंग्रेजी र स्पेनिश बोल्ने पीडितहरूले अनलाइन आवेदन दिन सक्छन्।

आवेदन दिन मद्दतको लागि, लस एन्जलस काउन्टीका पीडितहरूले लस एन्जलस काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्यालय ब्यूरो अफ पीडित सेवाहरूबाट मद्दत प्राप्त गर्न सक्छन्।

उपलब्ध सेवाहरू र कसरी आवेदन दिने भन्ने बारे थप जानकारी क्याल भिसिबी वेबसाइट victims.ca.gov मा उपलब्ध छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.