इमिग्रेशन अपडेट

गभर्नर न्यूसमले ‘चुनाव धाँधली प्रतिक्रिया ऐन’ विधायीका प्याकेज प्रस्तुत गर्दै

पुरुषोत्तम ढकाल, लस एन्जलस । गभर्नर गेभिन न्यूसमले क्यालिफोर्नियाका विधायकीय नेताहरूलाई एउटा विधायीका प्याकेज पेश गरेकोमा प्रसन्नता व्यक्त गरेका छन् । यदि उक्त विधायीका प्याकेज पारित भएमा क्यालिफोर्नियालीहरूलाई टेक्सास र अन्य रिपब्लिकन-नेतृत्व भएका राज्यहरूलाई पनि राष्ट्रपति ट्रम्पको संघिय हस्तक्षेप विरुद्धमा चुनौती दिने अवसर मिल्नेछ ।

तर यदि रिपब्लिकनहरू अन्ततः ट्रम्पको इच्छामा झुके भने संघिय हस्तक्षेप बढ्नेछ । यसो गर्दा, प्रस्ताव ५० – ५० संयुक्त राज्य अमेरिकाको लागि नाम दिइएको प्रस्तावले क्यालिफोर्नियालीहरूलाई ट्रम्प प्रशासनको नीतिहरुमा आवश्यक समिक्षा र जवाफदेहिता ल्याउन दवाव दिनेछ।

विधायी प्याकेज, विधानसभा संवैधानिक संशोधन ८:

क्यालिफोर्नियालीहरूलाई नयाँ, अस्थायी कंग्रेसनल नक्सा अपनाउने क्षमता दिन्छ जसले ट्रम्पको संघिय हस्तक्षेपको प्रयासलाई कम्जोर बनाउने छ । यदि टेक्सास, फ्लोरिडा, इन्डियाना, वा कुनै अन्य रिपब्लिकन-नेतृत्वको राज्यले आफ्नो नयाँ राजनीतिक नक्सा पुन: जारि गर्दा पनि यो प्रभावकारी हुनेछ ।

सिनेट बिल २८० (सर्भान्टेस, पेलेरिन): प्रस्ताव ५० को लागि राज्यव्यापी विशेष चुनाव सञ्चालन गर्न समयरेखा र प्रक्रियाहरू स्थापित गर्दछ, र नोभेम्बर ४, २०२५ मा हुने विशेष चुनावको लागि सहायता प्रदान गर्दछ।

सभा बिल ६०४ (अगुइर-करी, गोन्जालेज): अस्थायी कंग्रेसनल जिल्ला नक्साहरू स्थापित गर्दछ जुन अन्य राज्यहरूमा पनि मध्य-चक्र पक्षपाती गेरीमेन्डरहरूमा संलग्न भएमा लागू हुनेछ।

यो बिल प्याकेज गत हप्ता लस एन्जलसमा डेमोक्रेसी सेन्टरमा घोषणा गरिएको गभर्नर न्यूसमको ढाँचामा आधारित छ, जसमा गोल्डेन स्टेटभरिका योजनाबद्ध अभिभावकत्व, श्रमिक संघ, सामुदायिक संस्था र शिक्षकहरू, साथै संघीय, राज्य र स्थानीय स्तरका प्रमुख निर्वाचित अधिकारीहरू समावेश छन्।

ट्रम्प प्रशासनको हानिकारक नीतिहरूको विरुद्धमा न्युसमको लडाई जारी

न्युसम भन्छन, ‘ट्रम्प प्रशासन विशेष गरी क्यालिफोर्नियालीहरूका लागि हानिकारक भएको छ। यद्यपि, संघीय प्रशासन विरुद्ध आफ्नो मूल्यमान्यताको रक्षा गर्न क्यालिफोर्नियाको सक्रिय प्रयासहरूको लागि आभार प्रकट गरेका छन् । राज्य र अन्ततः जनताले संघीय कोषमा कम्तिमा अमेरिकी डलर १६८ बिलियन फिर्ता पाउन सक्षम भएका छन्। यो प्रयास यस वर्षको सुरुमा क्यालिफोर्नियालीहरूलाई सुरक्षित राख्नको लागि विशेष सत्रको प्रत्यक्ष परिणाम हो । हालसम्म मुद्धालाई समर्थन गर्न अमेरिकी डलर ५ मिलियन खर्च गरिएको छ, जसले लगानीमा ३,३६०,०००% (३.४ मिलियन प्रतिशत) प्रतिफलको प्रतिनिधित्व गर्दछ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.