डायस्पोरा

मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन

काठमाडौं । मध्यपूर्व तनावका कारण गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकामा परिमार्जन गरिएको छ।

निर्वाचन समितिका सदस्य चिरञ्जीवी ढकालका अनुसार मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यानमा राख्दै समितिले संघको आसन्न निर्वाचन कार्यतालिकामा सोमबार केही संशोधन गरेको हो।

निर्वाचन समितिले उम्मेदवारी अनलाइनमार्फत पनि दर्ता गर्न सकिने व्यवस्था गरेको जनाएको छ। साथै उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकको सनाखतका लागि मार्च १२ तारिखसम्म नेपाल आइपुग्न सकिने गरी कार्यतालिका समायोजन गरिएको छ।

यस्तै, क्षेत्रीय पदाधिकारीका लागि प्रस्तावक र समर्थक अन्य क्षेत्रबाट पनि हुन सक्ने व्यवस्था गर्ने विषयमा निर्वाचन समितिमा छलफल भइरहेको बताइएको छ।

संघको १२औं महाधिवेशन तथा निर्वाचन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुँदैछ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.