साहित्य

अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सम्पन्न

बैशाली, भारत । मातृभाषा संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकाबारे आयोजित अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सम्पन्न भएको छ । भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा आयोजित कार्यक्रममा पत्रकारिताको माध्यमबाट मातृभाषको संरक्षण र प्रवर्धन गर्ने विषयमा छलफल गरिएको थियो ।

सार्क जर्नलिस्ट फोरम ईन्टरनेशनको भारतस्थित विहार च्याप्टरले अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडेसँग सहकार्य गरी सो सम्मेलन आयोजना गरेको हो। सम्मेलन दुई दिनसम्म चलेको थियो।

पत्रकारिता सूचना प्रवाहको माध्यमसँगै मातृभाषा संरक्षणको सशक्त औजार बन्न सक्ने सम्मेलनले नीष्कर्ष निकालेको सम्मेलनमा नेपालका तर्पmबाट सहभागी नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले बताउनुभयो। सो सम्मेलनमा पत्रकारिता मातृभाषा जोगाउन दक्षिण एसियाका पत्रकारबिच आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गरिएको उहाँको भनाइ छ ।

सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशिभूषण कुमारको अध्यक्षतामा भएको सम्मेलनका प्रमुख अतिथि पूर्व सिक्किम राज्यपाल गंगाप्रसाद रहनुभएको थियो। सम्मेलनमा मौरिससका पूर्व उपप्रधानमन्त्री हरिश बुद्धुकी धर्मपत्नी तथा अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा. सरिता बुद्धु, नेपालबाट सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, तथा थाइल्याण्डका प्रतिनिधि डा. पीसी चन्द्रा लगायत बिसौं पत्रकारको सहभागिता थियो।

सम्मेलनपछि नालन्दा विश्वविद्यालयका ऐतिहासिक भग्नावशेषहरूको अवलोकन तथा भ्रमण गराइएको थियो। यस क्रममा नालन्दाको ऐतिहासिक महत्व, शैक्षिक परम्परा र प्राचीन वैभवबारे जानकारी गराइएको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.