साहित्य

छन्द साधना पुरस्कारबाट लम्साल र आचार्य पुरस्कृत

काठमाडौँ । छन्द तरङ्ग अभियानको सातौँ वार्षिकोत्वसका अवसरमा वरिष्ठ कवि डा. नवराज लम्साल र युवाकवि पुरुषोत्तम आचार्यलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ।

अभियानद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ भाषाविद् एवं साहित्यकार मुकुन्दशरण उपाध्यायबाट कवि डा. लम्साललाई  ४० हजार राशिको विशिष्ट छन्द साधना पुरस्कार र कवि आचार्यलाई २० हजार राशिको छन्द साधना युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो।

डा लम्सालले ‘कर्ण’, ‘धरा’, ‘अग्नि’ र ‘कल्प’ जस्ता महाकाव्यका साथै सयौँ गीत रचना गर्नुभएको छ। मकवानपुरका आचार्यले सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर छन्द कविता लेखन गर्दै आउनुभएको छ।

यसअघि विशिष्ट छन्द साधना पुरस्कारबाट रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, घनश्याम कँडेल, रामचन्द्र भट्टराई, भुवनहरि सिग्देल र गोविन्दराज विनोदी पुरस्कृतत भइसक्नुभएको। छन्द साधना युवा प्रतिभा पुरस्कारबाट सुदेश सत्याल, कविराज पौडेल र रुपक अलङ्कार पुरस्कृत भइसक्नुभएको छ।

छन्द कविताको स्तरीकरण र मानकीकरणका लागि साहित्यकारद्वय प्रा . डा रामप्रसाद ज्ञवाली र प्रा. डा. देवी नेपालको अगुवाइमा २०७५ सालदेखि सो अभियान आरम्भ भएको हो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.