राजनीति

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका लागि महाधिवेशन र आमनिर्वाचन दुवै अनिवार्य भएको भएको बताउनुभएको छ । 

निजी विद्यालयका शिक्षक र कर्मचारीको सङ्गठन नेपाल अध्यापक सङ्घको शुक्रवार सम्पन्न प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले पार्टी चुनावमा होमिइसकेकाले कार्यकर्तालाई त्यसतर्फ लाग्न आह्वान गर्नुभयो ।

“अहिले हरेक एकाइमा क्रियाशील सदस्यता वितरण भइरहेको छ । मापदण्ड पुगेका सबैले सदस्यता पाउन् भन्नेमा सबै कार्यकर्ता सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो, “महाधिवेशनमा राम्रो गर्न सके चुनावमा पनि अपेक्षित नतिजा हासिल गर्न सकिन्छ ।”

सङ्घको अधिवेशनले भोलानाथ चालिसेको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्वाचन गरेको छ । यसअनुसार सङ्घको वरिष्ठ उपाध्यक्षमा सुदीप बर्तौला र महासचिवमा धर्मराज जोशी निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी, कोषाध्यक्षमा राजेन्द्र गौतम र उपमहासचिवमा सुजाता कार्की र देवकान्त यादव निर्वाचित हुनुभएको छ ।

सङ्घको स्थापना २०७९ साउनमा काँग्रेसको शुभेच्छुक संस्थाका रूपमा भएको थियो । निजी शैक्षिक संस्थामा कार्यरत शिक्षक कर्मचारीको पेसागत तथा राजनीतिक हक कायम गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.