एक्सक्लुसीभ

कांग्रेस संसदीय दलको नेता छान्न वैशाख ११ गते निर्वाचन

ललितपुर । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्नका लागि वैशाख ११ गते निर्वाचन हुने भएको छ । कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली स्नेही संयोजक रहेको संसदीय दलको नेता निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।

सहमहामन्त्री रसाइलीले सोमबार निर्वाचन कार्यतालिका प्रकाशित गरिएको र वैशाख १० गते विधान तथा निर्वाचन निर्देशिकाका सन्दर्भमा सांसदसँग छलफल, मतदाता नामावली प्रकाशन, मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने बताउनुभयो ।

उहाँले वैशाख ११ गते उम्मेदवारी दरखास्त, उम्मेदवारको नामावलीसहित उम्मेदवारको अन्तिम नामावली गरेर मतदान गरी निर्वाचन परिणाम घोषणा गरिने जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्