राजनीति

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

पुनर्गठनअनुसार मुख्यमन्त्री कृष्णप्रसाद यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, खेलकुद तथा समाज कल्याण, गृह, सञ्चार तथा कानून, वन तथा वातावरण तथा श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

त्यस्तै, महेशप्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रेसका जंगीलाल राय स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुनुभएको छ । नेकपा माओवादीका जवाहरलाल कुशवाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

लोसपाका रानीकुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्री नियुक्त हुनुभएको छ भने नेकपा एसका कनिश पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

यसैबीच, प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख कर्णसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.