राजनीति

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले दुर्गा प्रसाईंका प्रतिनिधहरुसँगको भेटमा अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति र सहकार्य नै भएकाले सडकमा आउन उपयुक्त नहुने बताउनु भएको छ। 

बुधबार गृह मन्त्रालयमा प्रसाईंले नेतृत्व गरेको ‘नागरिक बचाऊ महाअभियान’ अन्तर्गतका ६ जना प्रतिनिधिहरुसँग ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री अर्यालले सो कुरा व्यक्त गर्नुभएको हो।

मन्त्री अर्यालले यो सरकारको गठन अहिलेको असामान्य अवस्थाको सामान्यीकरण गर्न, शान्ति सुव्यवस्था कायम गर्न, सुशासन, भ्रष्टाचार नियन्त्रण र निर्वाचन गर्ने प्रमुख उदेश्यका साथ गठन भएको कुरा उल्लेख गर्नुभयो।

महाअभियानका प्रतिनिधिसँगको भेटमा प्रसाईं भने अनुपस्थित हुनुहुन्थ्यो। सो भेटमा गृहसचिव रामेश्वर दंगाल पनि सहभागी हुनुहुन्थ्यो।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार समूहका प्रतिनिधरूले ज्ञापनपत्र बुझाउन कै लागि भनेर समय माग गर्नुभए बमोजिम आज ज्ञापनपत्र बुझाएका हुन्।

भेटका क्रममा उहाँहरुले आफूहरुले गर्ने भनेको आन्दोलन अहिंसात्मक, शान्तिपूर्ण र संविधानभन्दा बाहिरका माग राजनीतिक ढंगबाटै हल खोजिनुपर्ने धारणा राखेका थिए।

बैठकमा उहाँहरुको समूहले २६ बुँदे माग प्रस्तुत गर्दै आफूहरु पनि दल दर्ता गर्न सकारात्मक रहेको कुरा पनि व्यक्त गरेको मन्त्रालयका सहसचिव काफ्लेले जानकारी दिनुभयो।

छलफलमा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाउनु भएको थियो भने अधिवक्ता विनोदमणि भट्टराईले सहजीकरण गर्नुभएको थियो।

बैठकमा प्रसाईंका प्रतिनिधिहरुले सरकारले महाअभियानका समूहलाई वार्ता र बैठकमा बस्ने वातावरण बनाइदिएको धन्यवादसमेत दिएका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्