एक्सक्लुसीभ

पर्सा जिल्ला अदालतको आदेशसँगै दुर्गा प्रसाईँ रिहा

वीरगञ्ज । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महा अभियानका संयोजक दुर्गा प्रसाईँलाई पर्सा जिल्ला अदालतले आज साधारण तारेखमा छाड्न आदेश दिएसँगै पर्सा प्रहरीले रिहा गरेको छ ।

पर्सा अदालतको आदेशपछि प्रसाईँलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एव प्रवक्ता हरि बस्नेतले बताए । प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्धा चलाएको थियो ।

पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले आज प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

प्रसाईँविरुद्ध दर्ता मुद्धा माथिको सुनुवाइपछि अदालतले उनलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

जेठ ४ मा प्रहरीले प्रसाईँलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । अदालतमा सोमबार मुद्धा दायर हुँदा उनीविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने माग दाबी लिइएको थियो ।

प्रसाईँले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.