महिला बास्केटबलतर्फ चार टिम फाइनलमा
सुर्खेत । कर्णालीमा जारी महिला बास्केटबलतर्फ चार वटा टिम फाइनलमा प्रवेश गरेका छन् । शनिबार बिहान भएका खेलमा फुल–कोर्ट (५×५) महिला बास्केटबलतर्फ भएको खेलमा नेपाल आर्मी क्लबले नेपाल पुलिसलाई ४४–२८ अङ्कले पराजित गरेको छ । यस्तै फूल कोर्टतर्फ शसस्त्र प्रहरी बलको (एफिएफ) क्लबले सुदूरपश्चिमलाई ७४–१२ अङ्कले पराजित गरेको छ ।
योसँगै त्रिभुवन आर्मी क्लब र एपीएफ फाइलनमा पुगेका छन् । शनिबार भएको महिला बास्केटबलतर्फ (३×३) विधाका खेलमा कर्णाली प्रदेशले शसस्त्र प्रहरी बलको (एफिएफ) क्लबलाई ११–१० अंकले पराजित गरेको छ । यस्तै (३×३) विधाको खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १५–४ अङ्कले पराजित गरेको छ । जसमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी फाइनलमा पुगेका छन् । योसँगै चार वटा टिम फाइनलमा प्रवेश गरेका छन् ।
यस्तै चार वटा टिम प्रतियोगिताबाट बाहिरिएका छन् । फूल कोर्ट (५×५) महिला बास्केटबलतर्फ नेपाल पुलिस र सुदूरपश्चिम प्रदेश बाहिरिएका छन् । यस्तै (३×३) विधाका खेलमा बागमतती प्रदेश र शसस्त्र प्रहरी बलको (एफिएफ) क्लब बाहिरिएका हुन् । अब चार वटा टिमले पदकका लागि आइतबार प्रतिस्पर्धा गर्ने बास्केटबलका सिनियर रेफ्रि राजेश महर्जनले बताउनुभयो ।