राजनीति

आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीद्वारा सर्वोच्चमा मुद्धा दायर

काठमाडौं । आईजीपीमा पुनर्बहालीको माग गर्दै पूर्वआइजिपी दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । सरकारले आईजीपीबाट हटाएपछि पुनर्बहालीको माग गर्दै उनी बिहीबार सर्वोच्च पुगेका हुन् ।

कार्कीले आफ्नो पदावधि १७ महिना बाँकी छँदै नियम र कानुनविपर्ीत पदबाट हटाएको भन्दै उनले रिट निवेदन दिन लागेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले १५ मिनेटको समयभित्रै मन्त्रिपरिषद् बैठक राखेर बुधबार कार्कीलाई हटाउँदै एआइजी मनोजकुमार केसीलाई आइजिपी नियुक्त गरेको थियो ।

कार्कीले बर्खास्त गर्ने कानुन नभएपछि सरकारले उनलाई पेण्डुलम बनाउन प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय विशेष सल्लाहकारको दरबन्दी सिर्जना गरिएको छ । ३० वर्षअघिको इतिहास दोहोर्‍याँउदै रास्वपा सरकारले बहालवाला आइजिपीको पद खोसेको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्