अमेरिका
लस एन्जलसको मेयर पदमा भारतीय मुलकी नित्या रमनको निरन्तर अग्रता
लस एन्जलस। लस एन्जलसको मेयर पदको प्रतिस्पर्धा कडा बन्दै गएको छ र मतगणना जारी रहेकाले नतिजा कसको पक्षमा जान्छ त्यो अझै स्पष्ट भइसकेको छैन।
‘एल.ए. काउन्टी रजिस्ट्रार-रिकर्डर’ को पछिल्लो तथ्याङ्क अनुसार, नगर परिषद् सदस्य नित्या रमनले बहालवाला मेयर करेन बासको तुलनामा आफ्नो अग्रता बढाउँदै लगेकी छिन्।
रमनले ५१.६७% (४,०५,१९३ मत) प्राप्त गरेकी छिन् भने बासले ४८.३३% (३,७९,०६९ मत) पाएकी छिन्।
काउन्टीभरि अझै करिब ८,४२,००० मत गन्न बाँकी रहेकाले, यो प्रतिस्पर्धा कुन दिशामा अघि बढ्छ र अब के हुन्छ, त्यो हेर्न बाँकी नै छ। यद्यपि मत गणनाको सुरुवात देखिनै नित्या रमनले अग्रता लिएको आधारमा उनलेनै बाजी मार्ने अनुमान गरन सकिन्छ।