खेलकुद

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको पहिलो जित

कीर्तिपुर। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो च्याम्पियन जनकपुर बोल्ट्सले एनपिएल ३ मा पहिलो जित हात पारेको छ । १७ वर्षीय राहुल यादव बलबाट र इङगल्यान्डका अलराउन्डर मोइन खान ब्याट्बाट चम्किएपछि जनकपुर बोल्ट्सले बिहिबार काठमाण्डु गोर्खाजलाई सजिलै आठ विकेटले हरायो ।

पहिलो खेलमा कर्णाली याक्सविरुद्ध सामान्य स्कोर पछ्याउन नसकेपछि हारबाट यस संस्करणको सुरुआत गरेकोले जनकपुर बोल्ट्सलाई काठमाण्डु विरुद्धको जित महत्वपूर्ण बनेको छ । काठमाण्डुको भने यो पहिलो खेल हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङगशालामा टस हार्नु जनकपुरका लागि फलिफाप भयो । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँ गोर्खाज तीन बल अघि नै ११५ रनमा सीमित भएको थियो । मोइनले एनपिएला आफ्नो पहिले अर्धशतक प्रहार गरेपछि जनकपुरले १७.२ ओभरमा दुई विकेटको क्षतिमा ११६ रन बनाएर लक्ष्य हासिल गर्यो ।

जनकपुर आफ्नो प्रमुख विदेशी खेलाडी जिमी निसमविना मैदानमा उत्रेको थियो । न्युजिल्यान्डका अलराउन्डर निसम घाइते हुनुहुन्छ । यद्यपि अर्का विदेशी खेलाडी मोइनले नियन्त्रित पालि खेल्ने क्रममा ५१ बलमा अविजित ५८ रन बनाउनुभयो । मोइनको पालमा तीन चौका र तीन छक्का थियो ।

मोइनले बङगलादेशका अलराउन्डर सैफ हसनसँग मिलेर अविजित ७९ रनको साझेदारी गरेपछि काठमाण्डु खेलमा फर्किन सकेन । सैफ पनि ३९ बलमा एक चौका र तीन छक्कासहिति ४० रन बनाएर अन्तसम्म क्रिजमा टिक्नुभयो । यसअघि मोइनसँगै क्रिजमा आएका तृतराज दास पाँच र मयन यादव नौ रनमा रन आउट हुनुभएको थियो । तृतलाई रिपोन मण्डलल आउट गर्नुभयो भने मयन रनआउट हुनुभएको थियो ।

काठमाण्डुको पालिमा सार्वधिक रन बनाउने भीम सार्कीको ब्याट्बाट पनि मात्र ३३ रन निस्कियो । १७ वर्षीय युवा तेज बलर राहुल यादवले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिई चालू आइपिएलमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेपछि काठमाण्डुको पालि धराशायी भएको हो ।

राहुलले स्मित पटेल, साम हेजलेट, कप्तान करण केसी र आदिल आलमको विकेट लिनुभयो । यी चारै जना काठमाण्डुका उत्कृष्ट ब्याट्सम्यान हुन् । काठमाण्डु गोर्खाजको पालिमा भीमबाहेक रसिद खान (१७ रन) र सुमित महर्जन (१० रन) ले मात्र दोहोरो अङ्कमा रन बनाउनसक्नुभयो ।

जनकपुरका लागि प्रयोग भएका पाँचै बलरले विकेट लिनुभयो । राहुललाई साथ दिने क्रममा हसनले दुई तथा मोइन, हरमीत र ललितले एक–एक विकेट हासिल गर्नुभयो । राहुलले हेजलेटलाई आफ्नो पहिलो बलमै शिकार बनाउनुभएको हो । राहुलले पहिलो खेलमा पनि आफ्नो पहिलो बलमै विकेट लिनुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्