डायस्पोरा

न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

न्यूयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले न्यूयोर्कमा नेपाली डायस्पोराका सदस्यहरूसँग अन्तरक्रिया गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा आयोजित कार्यक्रममा मन्त्री खनालले नेपालको विकास यात्रामा नेपाली डायस्पोरालाई महत्त्वपूर्ण आधारस्तम्भका रूपमा चित्रण गर्दै मुलुकको विकासमा डायस्पोराको थप योगदान आवश्यक रहेको बताउनुभयो।

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावाद्वारा आयोजित कार्यक्रममा डायस्पोराका केहि प्रतिनिधि सदस्यहरूले प्रविधि, कृत्रिम बौद्धिकता (एआई), विपद् व्यवस्थापन तथा नेपालको विकासमा डायस्पोराको सम्भावित योगदानका विषयमा प्रस्तुति दिएका थिए।

मन्त्री खनालले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव, पुँजी र सञ्जाललाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिनुभएको थियो। उहाँले डायस्पोरासँग सहकार्यलाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय विकासका प्राथमिकतामा उनीहरूको योगदान अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्