राजनीति

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज ३ गतेदेखि सुरु हुने भएको छ । काँग्रेसले यसअघि भदौ २४ गतेदेखि सुरु गर्ने भनेको वडा अधिवेशन रसुवाको भोटेकोशीमा आएको बाढीका कारण केही पर धकेलिएको हो ।

कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले आज प्रेस विज्ञप्ति जारी गरी वडा अधिवेशन असोज ३ र ४ गते गर्न लागिएको जानकारी दिनुभयो । उक्त दिन देशभरका छ हजार ७४३ वडामा अधिवेशन हुनुका साथै क्षेत्रीय प्रतिनिधिको चयन हुनेछ ।

आगामी असोज ७ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन हुनेछ भने असोज १० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न हुने कार्यतालिका रहेको संयोजक खड्काले जानकारी दिनुभयो । केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुनेछ ।

संयोजक खड्काका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहको समन्वयमा अधिवेशन सम्पन्न गरिनेछ । नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशको अधिवेशन आगामी असोज १० गतेभित्र सम्पन्न गर्ने कार्यतालिका छ । जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समय तालिका दोस्रो चरणमा प्रकाशित गरिने संयोजक खड्काले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्