खेलकुद

अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा ग्रिनफिल्ड

काठमाडौं । आयोजक ग्रिनफिल्ड १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

ग्रिनफिल्डले इनोभेटिभलाई ३१–२२ ले पराजित ग¥यो । ग्रिनफिल्डको जितमा अजय मगरले १० अंक योगदान गरे । सिनियर गल्र्समा सेजल रोकाको २३ अंक सहयोगमा रेडियन्टले काठमाडौं भ्यालीलाई ४३–३० ले हराउदै सेमिफाइनलमा पुग्यो ।

सिनियर ब्वाइजमा रेडियन्ट पब्लिकले ज्ञान निकेतनलाई ६२–४५, संस्कृति इन्टरनेसनल स्कुलले राइजिङ स्टारलाई ५७–४८, इनोभेटिभले क्षेत्रज्ञलाई ५३–४०, मार्वलसले ब्राइट होराइजनलाई ५९–५६, काठमाडौं भ्यालीले काठमाडौं जेभियर्सलाई ६६–४८, सनसाइनले साइन मोडेललाई ४४–३१, गण्डकीले न्यु जेनिथलाई ४४–३२ र पुष्पसदनले एन्जल लर्डलाई ४६–४४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

रेडियन्ट पब्लिकका अनिश श्रेष्ठले ११, संस्कृतिका अभिग्न श्रेष्ठले २७, इनोभेटिभका कल्याण मगरले २०, मार्वलसका रोशन कुश्वाहले १९, काठमाडौं भ्यालीका जिग्मे लामाले २२, सनसाइनका विशाल खड्काले २०, गण्डकीका तपेन्द्र ओडले १० र एन्जल लर्डका मात्रिका बुढाथोकीले २२ स्कोर गरे ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्