राजनीति

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले आज सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई र जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । प्रदेश प्रमुख जोशीले तीनैजना मन्त्रीहरूलाई नेपालको संविधानको धारा १७२ बमोजिम शपथ ग्रहण गराउनुभएको थियो ।

तीनै मन्त्रीलाई सत्ता साझेदार दल नेकपा एमालेले सरकारमा पठाएको हो । भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री मङ्गलबहादुर शाही आफैँले सम्हाल्नुभएको कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले जनाएको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्