खेलकुद

फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोर बर्खास्त

जेनेभा । फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोर बर्खास्त भएका छन् ।

प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी विक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिनोको योजनाको कडा आलोचना गरेको तीन साता नपुग्दै उनलाई फिफाले बर्खास्त गरेको हो ।

फिफाका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा प्रमुख सञ्चालन अधिकृतका रूपमा फिफा र केभिन लामोरबीचको कार्य सम्बन्ध १७ अगस्ट २०२६ मा समाप्त भएको उल्लेख छ । फिफाले केभिनलाई उनको दुई वर्षको सेवाका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना समेत दिएको छ ।

फिफाका कर्मचारीहरूलाई महासचिव म्याथियास ग्राफस्ट्रोमले पठाएको इमेलमार्फत यसको जानकारी दिइएको थियो, जसमा संस्था र लामोर बीच अलग हुने सहमति भएको बताएका थिए ।

लामोर नोभेम्बर २०२४ मा फिफामा प्रवेश गरेका थिए । त्यसअघि उनी युइएफएमा उप–महासचिवका रूपमा कार्यरत थिए र उनी इन्फान्टिनोभन्दा व्यवस्थापनको तहमा दुई तह तल थिए ।

यस महिना मोरक्कोमा भएको बैठकमा इन्फान्टिनोले वरिष्ठ अधिकारीहरूको समर्थन प्राप्त गरेका थिए तर लामोरलाई सो बैठकमा आमन्त्रित नगरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्