इमिग्रेशन अपडेट

युएससीआइएसका अनुसार प्रमाणको लागि अनुरोध र पछि पेश गरिएको प्रमाण अस्विकार गरिने

नयाँ नीतिले बाइडेन-युगको अघिल्लो नीतिमा संशोधन गरेको छ जसले अधिकारीहरूलाई सुविधा अनुरोध अस्वीकार गर्नुअघि प्रमाण माग्न प्रोत्साहित गर्थ्यो ।

वाशिंगटन । युएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेज (युएससीआइएस) ले आप्रवासन सुविधाको आवेदनसंगै प्रमाण पेश गर्नु पर्ने नयाँ निर्देश जारी गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै आप्रवासन सुविधाको आवेदन प्रमाणहरू पेश गर्न असफल भएमा युएससीआइएसले ‘प्रमाणको लागि अनुरोध अस्वीकार गर्ने र आप्रवासन सुविधाको अनुरोध समेत अस्वीकार गर्ने जानकारी सार्वजनिक गरेको हो ।

युएससीआइएसको निर्देशन अनुसार नयाँ फारमहरूमा सुविधा अनुरोधका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक प्रमाणहरू उल्लेख गरिएका हुन्छन र आवेदकहरूले पूर्णरुपले नियम पालना गर्न आवश्यक हुनेछ।

युएससीआइएसका अनुसार नयाँ नीतिले प्रक्रियाहरूलाई ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’को लामो समयदेखि चलिआएको नियामक अधिकार र फारम निर्देशनहरूसँग समन्वय गर्ने र आप्रवासीहरुलाई आधारहीन वा अनावश्यक सुविधा अनुरोधहरू पेश गर्न कठिन बनाउने बताएको छ ।

नयाँ नीतिले बाइडेन-युगको अघिल्लो नीतिमा संशोधन गरेको छ जसले अधिकारीहरूलाई सुविधा अनुरोध अस्वीकार गर्नुअघि प्रमाण माग्न प्रोत्साहित गर्थ्यो ।

बाइडेन-युगको नीतिले आवेदकहरूलाई आफ्नो मुद्धाको निर्णयको प्रतीक्षा गर्दा रोजगारीको अनुमति जस्ता सम्बन्धित आप्रवासन सुविधाहरू प्राप्त गर्न सहज थियो ।

युएससीआइएसका अनुसार यो नीति ५ अगस्ट २०२६ वा त्यसपछि पेश गरिएका वा विचाराधीन रहेका आवेदनहरूमा लागू हुनेछ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्