नेपाल

पहिरोले अवरुद्ध नरायणगढ–मुग्लिन सडक सुचारु

चितवन। चितवनको नरायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत मुग्लिन नजिकै पहिरो आएर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । 

सोमबार दिउसो २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक केही समय अगाडिबाट सञ्चालनमा आएको डिजिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो ।

सुख्खा पहिरो खसेपछि सवारी साधन अवरुद्ध भएको थियो । यसैबिच यही सडक खण्डको नाम्सी खोला, तुइनखोला नजिकैपनि आजै पहिरो खसेर ६ घण्टा सवारी साधन अवरुद्ध भएको थियो ।

त्यसैगरी आजै यही सडक खण्डको गाइघाट नजिकै दिउसो ४ बजे पहिरो आएर अवरुद्ध भएको सवारी आवागमन ४:३० बजे बाट सञ्चालनमा आएको छ ।

आज यो सडकखण्डमा बिहान ७ बजेदेखि पहिरोको कारण सवारी साधन अवरुद्ध हुदै आएको थियो । अहिले यस सडकखण्डमा कुनै अवरोध नभएको सडक कार्यालयले जानकारी दिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्