मनोरंजन

लाउरे संस्कृतिमा आधारित नेपाली चलचित्र ‘पेन्सन पट्टा’को प्रचार तिब्र

लमजुङ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को प्रचारका लागि निर्माण टिम जिल्ला भ्रमणमा निस्किएको छ। प्रचारका लागि लमजुङ आएको निर्माण टिमले पत्रकार भेटघाट गरी चलचित्रले पारिवारिक सम्बन्ध, सङ्घर्ष र ग्रामीण परिवेशलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरेको जानकारी गराएकाे हाे ।

चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले ‘पेन्सन पट्टा’ नेपाली समाजमा लामो समयदेखि रहँदै आएको लाहुरे (पेन्सन लाउरे) संस्कृतिसँग जोडिएको जीवन, परिवार, माया–प्रेम, त्याग र सामाजिक यथार्थलाई समेटेर निर्माण गरिएको चलचित्र भएको बताउनुभयो । भदौ २६ गतेदेखि देशभरका करिब ७० वटा चलचित्र हलमा एकसाथ चलचित्र प्रदर्शन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

निर्देशक गुरुङले नेपाली समाजको यथार्थलाई मनोरञ्जनसँगै सन्देशमूलक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरिएको बताउँदै चलचित्रको विषयवस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयका कारण दर्शकले रुचाउने विश्वास व्यक्त गर्नुभयो । सबै दर्शकलाई हलमै पुगेर चलचित्र हेर्नसमेत उहाँले आग्रह गर्नुभयो । चलचित्रकी नायिका मोनिका गुरुङले चलचित्र ‘पेन्सन पट्टा’मा अभिनेता दयाहाङ राईसँग अभिनय गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा तयार भएको तथा डीबी गुरुङद्वारा निर्मित चलचित्रमा मीन कोन्मे गुरुङ (बेलायत), भोजबहादुर गुरुङ (बेलायत) र सपना गुरुङले लगानी गर्नुभएको छ ।

चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, मोनिका गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पाशुपति राई, पुष्कर गुरुङ, सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुषा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, राज थापा काउँचा र सूरज तमुलगायत कलाकारहरूको अभिनय रहेको छ ।

कथा तथा निर्देशन माओत्से गुरुङकै रहेको चलचित्रको छायाङ्कन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, गीतमा मनोज थापा मगर, शिव बराइली र सुरज तमुको सङ्गीत सुन्न पाइनेछ। चलचित्रको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ । चलचित्र हङकङ, अस्ट्रेलिया, न्यूजिल्यान्ड र बेलायतमा पनि रिलिज हुने भएको छ ।

चलचित्र हरितालिका तीजको अवसर पारेर भदौ २६ गते देशभर प्रदर्शनमा आउनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्