खेलकुद

साफ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक, नेपालको नाम छैन

काठमाडौँ । बङ्गलादेशमा आगामी नोभेम्बरमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले च्याम्पियनसिपका लागि नेपालबाहेक ६ टोलीको ड्र सार्वजनिक गरेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) विश्व फुटबल महासङ्घ (फिफा) को प्रतिबन्धमा रहेका कारण नेपाल साफबाट बन्चित भएको छ ।

नोभेम्बर १७ तारिखसम्म सञ्चालन हुने च्याम्पियनसिपमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ‘ए’ मा आयोजक बङ्गलादेश, श्रीलङ्का र भुटान रहेको छ । यस्तै समूह ‘बी’ मा साबिक विजेता भारत, पाकिस्तान र माल्दिभ्स रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्