राजनीति

सरकार–हिन्दु सम्राटबीचको वार्ता बिना निष्कर्ष टुंगियो

जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै निष्कर्षमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफलपछि दुवै पक्षले वार्तालाई केही समयका लागि स्थगित गर्दै पुनः संवादलाई निरन्तरता दिने सहमति गरेका छन् ।

शनिबार जिल्ला प्रशासन कार्यालय धनुषामा भएको द्विपक्षीय वार्तामा सरकारका प्रतिनिधि, हिन्दु सम्राट सेना तथा विभिन्न हिन्दुवादी सङ्गठनका पदाधिकारी सहभागी थिए। बैठकमा आन्दोलनका माग, जिल्लाको शान्ति–सुरक्षा अवस्था तथा पछिल्लो घटनाक्रमबारे विस्तृत छलफल भए पनि तत्काल सहमति भने हुन सकेन ।

वार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले वार्ता असफल नभएको स्पष्ट पार्नुहुँदै यो केवल केही समयका लागि स्थगित गरिएको बताउनुभयो । उहाँले दुवै पक्षले करिब एक घण्टाको विश्रामपछि पुनः वार्तामा बसेर छलफललाई अघि बढाउने बताउनुभयो ।

सरकार र आन्दोलनरत पक्षबिच सहमतिका आधार खोज्ने प्रयास जारी रहेकाले दुवै पक्ष पुनः वार्तामा बसेर समाधानको बाटो पहिल्याउने तयारीमा रहेका छन् ।

यता हिन्दू सम्राटले भने हाम्रा मागहरु अनुसारको सम्झौता नभएसम्म वार्ता सफल भएको नमान्ने जनाएका छन् ।

वार्तामा क्रममा जनकपुरधामका प्रमुख मनोजकुमार साह, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, रास्वपाका प्रतिनिधि सभा सदस्य मनिष झा, राजकिशोर महतो, बब्लु गुप्ताको उपस्थिति रहेको थियो ।

सुनसरीको घटनालाई लिएर मधेशका विभिन्न जिल्लामा भएको हिन्दू सम्राट सेनाको आन्दोलनलाई सम्बोधन गर्न गृहमन्त्री धनुषा आउनुभएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्