राजनीति

रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवा निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार इन्जिनियर मोहन आचार्य तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाको सहायक निर्वाचन अधिकारी सरिता रिजालका अनुसार आचार्यले १० हजार ५६६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर तामाङले ४ हजार ६८८ मत प्राप्त गर्नुभएको छ। उज्यालो नेपाल पार्टीका उम्मेदवार मानबहादुर तामाङले १ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार माधवप्रसाद लामिछानेले ९ सय ६३ मत प्राप्त गर्नुभएको छ।

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेसनका उम्मेदवार विनोद थिङले ४ सय ४ मत प्राप्त गर्नुभएको छ। अन्य उम्मेदवारहरूमा प्रगतिशील लोकतान्त्रिक पार्टीका दावा साङ्बो तामाङले १० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरि प्रसाद घिमिरेले ६० मत, नेकपा (माओवादी केन्द्र) का होम प्रसाद आचार्यले ५० मत प्राप्त गर्नुभएको छ। स्वतन्त्र उम्मेदवारहरू चिजकुमारी देवकोटाले १२ मत, दावा फिन्जो तामाङले ३ मत र सागर तामाङले ११ मत प्राप्त गर्नुभएको छ।

कुल सदर मतमध्ये सबैभन्दा बढी मत प्राप्त गरेपछि आचार्यलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको हो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.