अर्थ

लघुवित्त पीडितका समस्या समाधान गर्न अर्थमन्त्रीद्वारा वार्ता समिति गठन

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गरी समस्या समाधान गर्न एक समिति गठन गर्नुभएको छ।

बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गर्नुभएको हो। अर्थमन्त्री डा. वाग्लेले समितिलाई आजै पीडितसँग वार्ता प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ।

गठित समितिका सदस्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनुभएको छ। वार्ता समितिको सदस्य सचिवको जिम्मेवारी अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यले सम्हाल्नुभएको छ।

समितिको पहिलो बैठक अर्थ मन्त्रालयमा बसी आन्दोलनरत लघुवित्त पीडित पक्षसँग आजै वार्ता सुरु गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्