इमिग्रेशन अपडेट

दुबईमा कार्यरत नेपाली आप्रावासी कामदारका लागि नयाँ नियम, अफर लेटर वा रोजगार सम्झौता अनिवार्य

कम्पनीले पेस गर्ने अफर लेटर वा रोजगार सम्झौतामा श्रमिकको आधारभूत तलब र अन्य सर्तहरू स्वीकृत माग पत्र बमोजिम स्पष्ट रूपमा खुलेको हुनुपर्नेछ । यसका साथै म्यानपावर कम्पनीले निकालेको भिसा ब्यालेन्स रेकर्ड र कम्पनीको आधिकारिक व्यक्तिको परिचयपत्र वा अख्तियारी पत्र पनि आवश्यक पर्नेछ ।

युएई । संयुक्त अरब इमिरेट्स (युएई)को दुबई तथा उत्तरी इमिरेट्समा रहेका फ्री जोन र अर्धसरकारी कम्पनीहरूमा काम गर्ने नेपाली आप्रावासी कामदारहरुको लागि नयाँ नियम ल्याएको छ ।

नेपाली महावाणिज्य दूतावासले भिसा प्रमाणीकरण प्रक्रियालाई थप व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको जनाएको छ । महावाणिज्यदूतावासले जारी गरेको पछिल्लो सूचना अनुसार मागपत्र प्रमाणीकरण भई भर्ना प्रक्रियामा रहेका नेपाली आप्रावासी कामदारहरुले युएई आउनुअघि श्रम स्वीकृतिका लागि अनिवार्य रूपमा संस्थागत भिसा प्रमाणीकरण गराउनुपर्ने भएको छ ।

फ्री जोन र अर्धसरकारी कम्पनीहरूको हकमा अफर लेटर वा रोजगार सम्झौतालाई अनिवार्य गरेको छ । नयाँ व्यवस्था अनुसार सम्बन्धित कम्पनीहरूले निवेदन दिँदा रितपूर्वक भरिएको आवेदन फारामका साथमा भिसा प्रमाणीकरण पत्रका दुई प्रति बुझाउनुपर्नेछ । यस्तै, कम्पनीको छाप र आधिकारिक हस्ताक्षर भएको भिसाको प्रतिलिपि, वैदेशिक रोजगार विभागबाट प्राप्त पूर्व–स्वीकृति पत्र, र स्वीकृत माग पत्र (डिमान्ड लेटर) को प्रतिलिपि पनि पेस गर्नुपर्ने दूतावासले जनाएको छ ।


कम्पनीले पेस गर्ने अफर लेटर वा रोजगार सम्झौतामा श्रमिकको आधारभूत तलब र अन्य सर्तहरू स्वीकृत माग पत्र बमोजिम स्पष्ट रूपमा खुलेको हुनुपर्नेछ । यसका साथै म्यानपावर कम्पनीले निकालेको भिसा ब्यालेन्स रेकर्ड र कम्पनीको आधिकारिक व्यक्तिको परिचयपत्र वा अख्तियारी पत्र पनि आवश्यक पर्नेछ ।

दूतावासले प्रक्रियालाई थप पारदर्शी बनाउन पेस गरिने सबै कागजातहरू सम्बन्धित कम्पनीको आधिकारिक व्यक्तिद्वारा स्व–प्रमाणित गरिएको हुनुपर्ने सर्त राखेको छ ।

दुबईस्थित नेपाली महावाणिज्यदूतावासले सबै सरोकारवाला कम्पनी र म्यानपावर व्यवसायीहरूलाई नयाँ मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्