मनोरंजन

एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली चलचित्र पुरस्कृत

काठमाडौँ। चीनद्वारा आयोजना गरिएको एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल चाइनामा अवार्ड विजेतालाई मङ्गलबार पुरस्कार प्रदान गरिएको छ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्धन तथा दुई देशबिचको सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त महोत्सवमा सहभागी २१ चलचित्रमध्ये छ चलचित्र अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

नोट भएका चलचित्रमध्ये विभिन्न विधाका उत्कृष्टलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । सो कार्यक्रममा ‘होस्टेल ३’ ले उत्कृष्ट सम्पादन विधामा अवार्ड जित्दै एक हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्यो । त्यस्तै ‘महाजात्रा’ ले उत्कृष्ट छायाङ्कन विधामा एक हजार अमेरिकी डलर पुरस्कार राशि सहित पुरस्कृत भएको थियो । ‘कबड्डी ४’ बाट अभिनेतृ मेरुना मगरले उत्कृष्ट अभिनेतृ घोषित हुँदै एक हजार अमेरिकी डलर प्राप्त गर्नुभयो । ‘छक्का पन्जा’ बाट दीपकराज गिरी उत्कृष्ट अभिनेता घोषित हुनुभयो ।

यसै गरी ‘तेल भिसा’ का निर्देशक शङ्कर घिमिरेले उत्कृष्ट निर्देशकको अवार्डसहित दुई हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नुभयो । ‘अञ्जिला’ उत्कृष्ट फिचर फिल्म घोषित हुँदै चार हजार अमेरिकी डलर नगद पुरस्कार जित्न सफल भयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्